
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।
विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए । २९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै लोकेश बमले २८ रन, जर्ज मन्सेले १० रन र मार्टिन गप्टिलले १३ रन बनाए । नारायण जोशी दुई रन बनाएर आउट भए भने प्रतिश जिसी २ रनमा नटआउट रहे ।
जनकपुरका लागि संगिथ कुरे र रूपेश सिंहले समान दुई-दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...