सुदूरपश्चिमको लगातार तेस्रो जित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं : कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । सुदूरपश्चिमले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध ४५ रनको सहज जित निकाल्यो ।

जितसँगै सुदूरपश्चिमले तीन खेलमा ६ अंक जोडेको छ । पराजित कर्णालीको समान खेलबाट दुई अंक छ । यसअघि, सुदूरपश्चिमले काठमाण्डू गोर्खाजलाई २९ र पोखरा एभेन्जर्सलाई १८ पराजित गरेको थियो । यस्तै चितवन राइनोजसँग ४ विकेटको हार व्यहोरेको कर्णालीले लुम्बिनी लायन्यसलाई ९ विकेटले हराएको थियो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.२ ओभरमा ९४ रनमै समेटियो । कर्णालीका लागि पवन सर्राफले २७, मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ तथा गुल्शनकुमार झा र अजुर्न घर्तीले १३ १३ रन बनमए ।

सुदूरपश्चिमका लागि दीपेन्द्रले चार, हरमित सिंह र अविनाश बोहोराले दुई-दुई तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक-एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३९, आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइनले १० रन बनाए ।

कर्णालीका लागि सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा मार्क वाट, विपिनप्रसाद शर्मा र युवाराज खत्रीले एक-एक विकेट लिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर ८, १९: ४८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर ८, १९: ४८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर ८, १९: ४८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...