
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा बिहान पौने १२ बजे पहिलो र ४ बजे दोस्रो खेल हुँदैछ।
पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दै छ।
दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन्।
शीर्ष स्थानमा रहेको सुदूरपश्चिम अपराजित छ। उसले तीनै खेलमा जित निकालेको छ।
उसले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले र तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले हराएको थियो।
तीनै खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ।
पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले र तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो।
यता जनकपुर बोल्ट्स भने आज तेस्रो खेल खेल्दैछ।
पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजित भएको थियो।
पोखराले पनि आज तेस्रो खेल खेल्दै छ। प्रतियोगितमा पोखरा पनि जितविहीन छ।
पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको पोखरा दोस्रो खेलमा सुदूपश्चिमसँग १८ रनले पराजित भएको थियो।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...