कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध राेमाञ्चक जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले कर्णालीविरुद्ध ३ विकेटको रोमाञ्चक जित हात पारेको हो । प्रतियोगितामा विराटनगरको यो चौथो जित हो । ५ खेल खेलेको विराटनगरले चार जित र एक हार सहित अंक तालिकामा ८ अंक जोडेर दोस्रो स्थानमा छ ।

कर्णालीले दिएको १ सय ६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । विराटनगरका लागि बसिर अहमदले ४३ बलमा ६२ रनको अर्धशतकीय इनिङ खेले । सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

साहिल पटेलले १९ रन बनाए । त्यस्तै साम हेजलेटले १६ रन बनाए । नारायन जोशीले २५ रन बनाए भने सन्दीप लामिछाने ६ रनमा अविजित रहे । कर्णालीका लागि सोमपाल कामी र गुल्सन झाले दुई-दुई विकेट लिँदा पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ तथा विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लांगेले एक-एक विकेट लिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर १२, १९: ४७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर १२, १९: ४७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर १२, १९: ४७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...