पोखराविरुद्ध लुम्बिनीको रोमाञ्चक जित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

पोखराविरुद्ध लुम्बिनीको रोमाञ्चक जित

काठमाडौं : लुम्बिनी लायन्सले नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको छ । दोस्रो जितसँगै लुम्बिनीले पाँच खेलमा चार अंक जोडेको छ । पराजित पोखराको चार खेलबाट दुई अंक छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४०, निरोशन डिकवालले ३७, सन्दीप जोराले अविजित ३५, गुल्बदिन नइबले १७ र दिलिप नथाले १० रन बनाए ।

पोखराका लागि विपिन खत्री, म्याट टेलर र सागर ढकालले २–२ तथा जिम्मी निशमले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५० रनको योगफल तयार पारेको थियो ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर १३, १४: ५४

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर १३, १४: ५४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर १३, १४: ५४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...