
नयाँ विकल्प,
काठमाडाैं- उपत्यकामा निषेधाज्ञाका कारण विवादमा परेकाे मच्छिन्द्रनाथको रथ तान्ने काम सांकेतिक रूपमा गरिएकाे छ । रथ तान्ने काममा सर्वसाधारणलाइ सहभागी हुन दिइएकाे छैन ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख ललितकुमार बस्नेतका अनुसार पुजारी तथा गुठि संस्थान र ज्याप समाजका सिमित ब्याक्तिलाइ मात्र सांकेतिक रूपमा रथ तान्न सहभागी गरिएकाे छ ।
अरू सर्वसाधारणलाइ भने सहभागी हुन दिइएकाे छैन । बस्नेतले गुठि संस्थानका पदाधीकारीकाे आग्रहमा सिमित ब्याक्ति सहभागी हुने गरि अनुमती दिएकाे बताए ।
उपत्यकामा जारी निषेधाज्ञाका विच राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा गत विहिबार सहभागी र प्रहरी विच झडप भएकाे थियाे । उक्त झडपमा प्रहरी र प्रदर्शनकारी दुवै तर्फ घाइते भएका थिए । झडप बढन सक्ने भन्दै ललितपुर जिल्ला प्रशासनले शुक्रबार कर्फ्यू आदेश गरेकाे थियाे ।
रथ तान्ने ठाउँ दमकल, पुल्चोकलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। रथ तान्ने क्षेत्रमा पूर्ण रूपमा सडक रोकिएको छ। प्रहरी परिचालन भएका छन् ।
निश्चित मानिसलाई मात्रै जान दिने भनिएपनि उक्त स्थानमा एक सय ५० बढि सहभागी भएकाे बस्नेतले नयाँ विकल्पलाइ बताए ।जावलाखेलकाे दमकल नजिक रहेकाे रथलाइ आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार्टीसम्म तान्न लागिएको छ ।
यो वर्ष कोरोनाका कारण विगतमा जस्तो गा:बहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र जाउलाखेल पुर्याउन सम्भव नदेखिएकोले सांकेतिक रूपमा रथ तान्न लागिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले रथ तान्ने क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...