मेयर चिरिबाबु महर्जनलाई मार्ने धम्की दिने शाक्य पक्राउ – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

मेयर चिरिबाबु महर्जनलाई मार्ने धम्की दिने शाक्य पक्राउ

नयाँ विकल्प,

काठमाडाैं- ललितपुर महानगरपालिका का मेयर चिरवाबु महर्जनलाइ मार्ने धम्की दिने ब्याक्त पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरकाे टाेलिलले महर्जनलाइ मार्ने धम्की दिने ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्यलाई आइतबार साँझ पक्राउ गरेको हाे ।

गत विहीबार ललितपुरकाे जावलाखेलमा रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भिडलाई उत्तेजित पार्ने गरि शाक्यले महर्जनका हत्या गर्ने भन्दैं अन्तरवार्ता दिएका थिए ।

काेराेना संक्रमण नियन्त्रणका लागि स्थानिय प्रशासनले निषेधाज्ञा गरेकाे अवस्थामा स्थानीय ,ज्यापु समाज, गुठी संस्थानकाे सहभागीतामा रथ तान्न सुरू भएपछि विवाद सिर्जना भएकाे थियाे ।

प्रहरी र प्रदर्शन कारी विचकाे झडपमा दुवै तर्फ घाइते भएका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वाता दिएको अभियोगमा शाक्य पक्राउ परेका हुन् ।

बिहीबार ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङगामुढा गर्ने, उपस्थित भिडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत भनी सार्वजनिक रुपमा अन्तर्वाता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइको उक्त महाशाखाले जनाएको छ ।

पक्राउ परेका संजय शाक्य

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र २२, १३: ०५

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र २२, १३: ०५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र २२, १३: ०५

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...