
नयाँ विकल्प
काठमाडाैं – उपत्यकामा काेराेना संक्रमणका कारण थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत एक पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ।
काठमाडौं विशालनगर निवासी ६७ वर्षीय संक्रमित पुरूषलाइ मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। काेराेना संक्रमित उनकाे अस्पताल पुर्याउँदै स्वास्थ्य जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मंगबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ।
मृतकको शवलाइ नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको अल्का अस्पतालले जनाएकाे छ । नेपालमा हाल सम्म काेराेना संक्रमणका कारण ३ सय ७ जनाकाे मृत्यु भएकाे छ ।
काेराेना संक्रमितकाे संख्या ४८ हजार १३८ पुगेकाे छ । यसमध्ये ३२ हजार ९ सय ६४ जना संक्रमण मुक्त भएका छन् ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...