

नयाँ विकल्प,
काठमाडौं – एक महिनायता राजधानी काठमाडौं उपत्यकामा कोभिड १९ पोजेटिभ हुनेको संख्या दैनिक चार सयको हाराहारीमा थपिन थालेपछि उपत्यकामा कोरोना संक्रमण नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको दैनिक प्रेस व्रिफिङमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौ जिल्लामा तीन सय ९४, ललितपुर जिल्लामा ३४ र भक्तपुरमा ३६ गरी कूल चार सय ६४ जना संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।
बुधबार मात्र थप नौ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको सख्या ३३ हजार आठ सय ८२ पुगेको छ ।
यस्तै बुधबारसम्म नेपालमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको सख्या तीन सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएको हो ।
मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेका छन् । काठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।
मंगलबार पनि नेपालमा ६ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काठमाडौंका २ जना, पर्षाका २ जना, सुनसरीका एक जना र कपिलवस्तुका एक जनाको मृत्यु भएको हो ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...