
नयाँ विकल्प
ललितपुर – ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
काेराेना संक्रमण देखिएपछि उनी भदौ २४ पाटन अस्पतालमा भर्ना भइ उपचाररत थिए । जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो ।
मृतकमा कोरोना संक्रमणबाहेक अरू स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन । याेसंगै नेपालमा हालसम्म काेराना संक्रमणका कारण तीन सय १८ काे मृत्यु भएकाे छ । हालसम्म ५० हजार ४६५ जनामा काेराेना संक्रमण देखिएकाेमा ३५ हजार सात सय निकाे भइसकेका छन् ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...