
नयाँ विकल्प
काठमाडाैं- संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि नेपाली सेनाकाे २५३ जनाकाे टाेली शुक्रबार सुडानतर्फ गएकाे छ । करीब पाँच महीना पहिले नै जानुपर्ने यो टोली कोरोना महामारीका कारण नेपालमै राेकिएकाे थियाे ।
टोलीले यूनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएनमिस) मा तैनाथ नेपाली सेनाको एक बटालियनलाई प्रतिस्थापन गर्नेछ । कोरोनाभाइरस संक्रमण महामारीकै बीच नेपाली सेनाको २५३ जनाको टोली त्यसतर्फ लागेकाे नेपाली सेनाले जनाएकाे छ ।
सेनाको टोली नेपाल वायुसेवाको निगमको चार्टर्ड विमानमार्फत दक्षिण सुडान हिंडेको सैनिक मुख्यालयले जनाएकाे छ । दक्षिण सुडानमा अहिले करीब सात सय नेपाली सैनिक कार्यरत छन्।
शान्ति स्थापना कार्य अन्तर्गत यूनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (यूएन्समिल) मा खटिने नेपाली सेनाकाे अर्को टोली साेमबार लिबिया जाने तयारीमा रहेकाे सेनाले जनाएकाे छ ।
राष्ट्रसंघीय शान्ति स्थापना कार्य अन्तर्गत विभिन्न मुलुकमा नेपाली सेनाका झन्डै छ हजार पाँच सय सैनिक तैनाथ छन् । नेपाली सेनाले विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका सैनिकलाइ एक बर्षमा अदल बदल गर्दैं आएकाे छ ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...