२१ बर्षका दुई युवतीद्वारा युवककाे अपहरणः तीन जना प्रहरीकाे नियन्त्रणमा – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

२१ बर्षका दुई युवतीद्वारा युवककाे अपहरणः तीन जना प्रहरीकाे नियन्त्रणमा

नयाँ विलल्प ,

काठमाडाैं- काभ्रेपलाञ्चोक प्रहरीले युवक अपहरणकाे अाराेपमा दुई युवतीसहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकले उनीहरूलाइ धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट पक्राउ गरेको जनाएकाे छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल १२ तिनघरे घर भई हाल धुलिखेल -४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका-४ लालगणेशस्थान घर भई हाल धुलिखेल -४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार छन् ।

पाँचखाल -१२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल -४ स्थित अठ्ठाईस किलोमा ४/५ जनाको अपरिचित समूहले अपहरण गरी बन्धक बनाई ५० हजार रुपैयाँ माग गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्ने क्रममा सोही दिन बेलुका बनेपा -१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको थियो ।

उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सबिनाले पीडितलाई फोन गरी भेट गर्न बोलाएको, सबिना र उमाले धुलिखेल -४ स्थित अठ्ठाईस किलोमा भेट गरी सबिनाले जंगलतर्फ एकान्त स्थानमा पुगी कुराकानी गरी रहेको अवस्थामा आकाश लगायत व्यक्तिले पूर्वयोजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाई ५० हजार फिरौती माग गरेको खुल्न आएको छ ।

उनीहरू माथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ भाद्र २६, १७: १४

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ भाद्र २६, १७: १४

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ भाद्र २६, १७: १४

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...