
नयाँ विकल्प,
काठमाडाैं- सिन्धुपाल्चोकको फरक तीन स्थानमा गएकाे पहिराेमा परि दुइ जनाकाे मृत्यु भएकाे छ । पहिराेमा परि २२ जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिका- ७ मा पहिराेमा परि दुई जनाकाे मृत्यु भएकाे छ । नाकुचे भन्ने स्थानमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठको शव फेला परेको छ। पहिराेले सात वटा घर बगाएको छ भने १६ जना बेपत्ता छन्।
भिरखर्कको बिक टोलमा दुई घर बगाएको छ। पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको शव फेला परेको छ । ६ जना अझै बेपत्ता भएका छन्। नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको
जिल्लाकाे चेम्बे भन्ने स्थानमा पनि पहिरो गएको छ पहिराेका कारणा मानविय तथा भाैतिक क्षति बारे बिवरण आइसकेकाे छैन ।
गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको र उद्दार कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ।
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...