अर्थ सहित उपप्रधानमन्त्री बन्ने सपनाले धरापमा बामदेवको राष्ट्रियसभा सदस्य – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

अर्थ सहित उपप्रधानमन्त्री बन्ने सपनाले धरापमा बामदेवको राष्ट्रियसभा सदस्य

नयाँ विकल्प,

काठमाडौ – गत फागुन १४ गते नेकपा सचिवालयको बैठकले एउटा सर्बसम्मत निर्णय गर्यो – त्यो थियो उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने। यो निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रचण्डसम्म र माधव नेपालदेखि नारायणकाजी सम्म सहमत थिए।

सचिवालयको बैेठकपछि पत्रकारहरुलाई प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी गराएका थिए– आजको बैठकले कमरेड बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफरिस गर्ने निर्णय गर्यो।

त्यसबेला गौतमले अनुहार उज्यालो पारेका थिए । तर पछि आएर उपाध्यक्ष गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन नगरेसम्म ईच्छुुक नभएको भन्दै यो प्रस्तावलाई अस्विकार गरे।

तर फेरि उनको पछि भाका फेरियो। उनले अब आफुलाई राष्ट्रियसभा सदस्यमा पार्टीको निर्णय बमोजिम सिफारिस गर्नुपर्ने अडान लिए। बीचमा नेकपाको राजनीति अलि रुमल्लियो। सचिवालय बैठकमा गौतमसहित बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागे।

त्यसपछि ओलीले लामो समय बैठकनै राखेनन् । गत साता बसेको नेकपा सचिवालयको बैठकमा ओलीले शुरुमा नै गौतमलाई राष्ट्रियसभा सदस्यमा सरकारले शिफारिस गर्ने घोषणा गरे। त्यो कुनै औपचारिक निर्णय थिएन। घोषणा मात्र थियो।

पार्टीले गौतमलाई फागुन १४ मा नै राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न औपचारिक निर्णय गरेको थियो। गत साताको सचिवालय बैठकमा ओलीले शुरुमा नै गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफरिस गर्ने घोषणा नगरेका भए उनी बुरुक्क उफ्रने तयारीमा थिए।

यसै बिषयलाई मध्यनजर गरेर ओलीले यो घोषणा गरेर आगो बल्न लागेको बैठकमा पहिलानै दमकल प्रयाेग गरेका थिए। पछिल्लो समय ओलीमा गौतमको बिषयलाई लिएर निकै दवाव पर्न थालेकाे छ। अर्का अध्यक्ष प्रचण्ड लगायत ओलीईतर नेताहरु गौतमलाई राष्ट्रियसभाको सदस्य बनाएर उनलाई लगाम लाउने दाउमा छन् ।

त्यसैले उपप्रधानमन्त्रीसहित अर्थमा गौतमलाई दावी गर्न लगाएका छन् । तर प्रधानमन्त्री ओली गौतम जस्तो अस्थिर स्वभावको मान्छेलाई त्यस्ताे महत्वपूर्ण मन्त्रालय कुनै हालतमा दिन तयार छैनन् । गौतमलाई राष्ट्रियसभा सदस्य नबनाएसम्म सरकारमा जाने बाटो खुल्ने छैन।

यसअघिका अर्थमन्त्री युवराज खतिवडा र गौतमको संबैधानिक अवस्था एउटै होइन। नेपालको संविधानले प्रतिनिधिसभा निर्वाचन हारेको ब्यक्ति प्रतिनिधिसभाको साे कार्यकाल भरि सरकारमा सहभागि हुन सक्दैन भनेकाे छ। उनी बर्दिया २ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।

तर युवराज खतिवडा चुनाव नलडेका ब्यक्ति हुन् । त्यसकारण युवराजले जस्तो बामदेवले सांसद नभई छ महिना मन्त्री बन्न पाउनेमा सबैधानिक अड्चन छ। बालुवाटार स्रोतका अनुसार गौतमले आफु सरकारमा नजाने तमसुक प्रधानमन्त्री ओलीसंग नगरेसम्म उनलाई राष्ट्रियसभाको सदस्य बन्न कठिन छ।

मुखमा आईसकेको संसाद पद अर्थमन्त्री बन्ने उनको सपनाले भुईमा पोखिने संभावना त्यतिकै छ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ भाद्र २९, १३: ३३

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ भाद्र २९, १३: ३३

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ भाद्र २९, १३: ३३

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...