
नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणको कारण पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या तीन सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १ महिला र ५ जना पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको छ । भक्तपुर र ललितपुरमा एक, एक जना पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाले मृत्यु भएका १५ जनामध्ये ८ जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । आइतबार काठमाडौंका ७ जना, र काश्की र सिन्धुपाल्चोकका एक, एक जनाको निधन भएको थियो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामै संक्रमितको संख्या पनि बढी देखिएको छ ।
मन्त्रालयका अनुसार उपत्यकामा थप पाँच सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौ जिल्लामा चार सय ४०, ललितपुर जिल्लामा २९ र भक्तपुर जिल्लामा ४३ जना संक्रमित थपिएका हुन् ।
आइतबार मात्र काठमाडौंमा चार सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरी पाँच सय ९७ जनामा कोरोना पुष्टि भएको थियो ।
यसैगरी, पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार एक सय ७० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या नेपालमा ५२ हजार तीन सय २९ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १५ हजार तीन सय ९३ रहेको छ ।
विगत २४ घण्टामा थप आठ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार पाँच सय ७
काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा...
काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी...
काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...