डा. गाेविन्द केसीको १९ औँ सत्याग्रह जुम्लाकाे धर्मशालाबाट – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper
शुसासनकालागि १९ औँ सत्याग्रह

डा. गाेविन्द केसीको १९ औँ सत्याग्रह जुम्लाकाे धर्मशालाबाट


नयाँ विकल्प,
जुम्ला – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गाेविन्द केसीले कोरोना परीक्षण व्यापक बनाउन, संक्रमित र अन्य बिरामीको उपचार सहज बनाउन, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै सोमबारदेखि जुम्लामा १९औँ सत्याग्रह सुरु गरेका छन् ।

केसी जुम्लाबाट सत्याग्रह सुरू गरेकाे याे दाेस्राे पटक हाे । लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. केसीले जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालामा सोमबार दिउँसो २ बजेदेखि सत्याग्रह सुरु गरेका हुन् ।

यसअघि १६ असार ०७५ मा पनि उनी जुम्लामा १६औँ सत्याग्रह बसेका थिए । यसअघि भएका सम्झौता पालना नगरेका कारण पछिल्लाे समय काेराेना महामारी फैलिएकाे भन्दै थप संघर्ष गर्नु परेकाे केसीले जनाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सत्याग्रह सुरू गर्न लागेका केसीलाइ प्रहरी प्रशासनले निषेधाज्ञाकाे कारण देखाउँदै एक साताअघि उनी बसेकाे हाेटल बाहिर समेत निस्कन दिएकाे थिएन । केसीले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिक अधिकार कुण्ठित नगर्न सरकार र स्थानीय प्रशासनलाइ चेतावनी दिएका छन् ।

केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने , गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्याउन, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग राखेका छन् ।

उनले काेराेना संक्रमण नियन्त्रणमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ मास्क, स्यानिटाइजर, पिपिइकाे सहज उपलब्धता गराउन समेत माग राखेका छन् । पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीकाे उचित उपचारको व्यवस्था गर्न केसीले माग गरेका छन्।

विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरेका छन् ।

उनको पाँच मागमा अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेट व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्नुपर्ने उल्लेख छ । आयल निगम जग्गा खरिद काण्ड, वाइडबडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्डलगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीलाई कानुनबमोजिम छानबिन र कारबाही गर्नुपर्ने माग केसीले राखेकाछन् 

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र ३०, ०६: ५५

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र ३०, ०६: ५५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र ३०, ०६: ५५

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...