
नयाँ विकल्प,
काठमाडाै – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ।
संघीय मन्त्रालय अन्तर्गत रहेका २५ जना उपसचिवको विभिन्न नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरिएकाे हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवस्तरीय निर्णयबाट २१ जना उपसचिव नगरपालिका सरुवामा छन्। उनीहरू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्नेछन्।
दुइ सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको हो । गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...