आइतबारदेखि काठमाडाैंका सरकारी कार्यालय खुल्ने, कुन दिन के सेवा ? यस्ताे छ तालिका – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

आइतबारदेखि काठमाडाैंका सरकारी कार्यालय खुल्ने, कुन दिन के सेवा ? यस्ताे छ तालिका


नयाँ विकल्प
काठमाडाैं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले साउन २५ देखि केही सेवाहरु स्थगित गरेको छ ।

प्रशासन कार्यायले बिहीबार सूचना जारी गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, स‌ंघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको छ ।

तर अब पनि कार्यालयमा भिड हुन नदिन सेवाग्राहीलाई स्थानीय तहअनुसार सेवा लिने बार तोकिएको छ । प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, नाबालिग परिचयपत्र, राहदानी, हातहातियार दर्ता नवीकरण सेवा लिन एक दिनमा दुईवटा नगरपालिकाका नागरिकमात्र आउन पाउने गरी तालिका बनाएको छ ।

जसअनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनेछन् । त्यस्तै, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन् । संस्था दर्ताको काम सोमबार र बुधबारमात्र हुनेछ, नवीकरण आइतबार, मंगलबार र बिहीबार हुनेछ । पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ ।

संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । यसबाहेक शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्य, सरकारी कार्यालय र आयोजनासँग सम्बन्धित समन्वय र छलफलको काम भने हप्ताको छ दिन नै सञ्चालन हुने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन १, १३: ५४

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन १, १३: ५४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन १, १३: ५४

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...