
नयाँ विकल्प,
काठमाडौँ -निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । उनी होम आईसोलेसनमा बसेपछि आज बस्ने भनिएको सत्तापक्ष र प्रतिपक्षको बैठक समेत स्थगित भएको छ।
देउवाका निजी सचिवालयमा ती सदस्यको संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षणका लागि संकलन गरिनेछ।
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको छ। सो बैठक यस अघि नै तय भएको छ। बिभिन्न सबैधानिक आयोगहरुमा रिक्त पदाधिकारी पुर्ति गर्नका लागि बैठक बस्न लागेको थियो। देउवाको स्ववको रिपोर्ट आएपछि मात्र बैठक आयोजना हुने भएको छ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...