बिहीबार थपिए काेराेनाका १२ सय ४६ संक्रमित,४ काे मृत्यु ( अपडेट ) – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

बिहीबार थपिए काेराेनाका १२ सय ४६ संक्रमित,४ काे मृत्यु ( अपडेट )


नयाँ विकल्प
काठमाडाैं- पछिल्लो २४ घण्टामा देशभर गरिएका परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ६ सय ४१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

काठमाडौं उपत्यकामा बिहीबार थप ६ सय १८ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५०७ जना, ललितपुर जिल्लामा ६१ जना र भक्तपुर जिल्लामा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर काेराेनाका कारण चार जनाकाे भएकाे छ मृत्यु हुनेमा तीन महिला र एकजना पुरुष छन् ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या तीन सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका एक पुरुष, मोरङ, चितवन र कैलालीमा एक– एकजना महिलाको मृत्यु भएको हो

बिहीबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार पाँच सय ७३ पुगेको छ । याे अवधिमा १२ सय ४३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित १६ हजार दुई सय ४१ जना छन् ।

त्यसमध्ये सात हजार नौ सय तीनजना संस्थागत र आठ हजार तीन सय ३८जना होम आइसोलेसनमा बसेका छन् । संक्रमितमध्ये एक सय ८२ जना आइसियू र ३९ जनाको भेन्टिलेरटमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार नौ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । निको हुने दर ७२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ आश्विन १, १६: ३८

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ आश्विन १, १६: ३८

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ आश्विन १, १६: ३८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...