नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकाे पिसिआर नेगेटिभ – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकाे पिसिआर नेगेटिभ


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। देउवाकाे निजि सचिवालयमा काम गर्ने एक सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि देउवाको परिवार कन्ट्याक्ट ट्रेसिङमा परेको थियो।


देउवासंग उनकाे परिवारका अन्य सदस्यकाे समेत पिसिआर नेगेटिभ आएकाे छ । देउवाकाे बिहीबार स्वाब संकलन गरिएकाे थियाे शुक्रबार बिहान सभापति देउवा, देउवा पत्नी कांग्रेस नेतृ डा. आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।

दुई जना सहयोगीलाई ज्वरो देखिएपछि केही दिन अगाडि पीसीआर परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएपछि परिवारका सबै सदस्य स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए।

उनी होम आईसोलेसनमा बसेपछि बिहीबार बस्ने भनिएको सत्तापक्ष र प्रतिपक्षको बैठक समेत स्थगित भएको थियाे ।

देउवाका निजी सचिवालयमा ती सदस्यको संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको बिहीबार स्वाब परीक्षणका लागि संकलन गरिएकाे थियाे ।

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको छ। सो बैठक यस अघि नै तय भएको छ।

बिभिन्न सबैधानिक आयोगहरुमा रिक्त पदाधिकारी पुर्ति गर्नका लागि बैठक बस्न लागेको थियो। देउवाको स्ववको रिपोर्ट आएपछि मात्र बैठक आयोजना हुने भएको छ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ आश्विन २, ११: ४४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ आश्विन २, ११: ४४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ आश्विन २, ११: ४४

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...