
नयाँ विकल्प,
काठमाडौ – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर अस्पतालबाट घर फर्किएका छन् ।
गत भदौ २३ गते कोरोना पोजेटिभ देखिएपछि घरमै आईसोलेसनमा बसेका कोइरालामा कोभिड १९ को लक्षण देखिएपछि भदौ ३० गते ओम अस्पतालमा भर्ना गरिएको थियो ।
कोइरालाको शुक्रबार स्वाव परिक्षणको लागि पठाइएको र राति नै कोभिड १९ को नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । ओम अस्पतालमा आइसीयुमा नै राखेर कोइरालालाको उपचार भएको थियो ।
चिकित्सकहरुले उनलाई रेम्डेसिभिर औषधी चलाएका थिए । शनिवार डिस्चार्ज गरिएका कोइराला आफ्नो निजी निवास महाराजगंजमा फर्किएको उनका निजी सचिव भरत तिवारीले जानकारी दिए ।
निजी सचिव तिवारीले महामन्त्री कोइराला केही दिनसम्म घरमै आइसोलेसनमै रहने बताए । यस बीचमा भेटघाटलाई समेत कम गरिने तिवारीले बताए ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...