भोलिदेखि खुल्दैछन् आन्तरिक तर्फकाे उडान, कहाँ जान कति भाडा ? – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

भोलिदेखि खुल्दैछन् आन्तरिक तर्फकाे उडान, कहाँ जान कति भाडा ?


नयाँ विकल्प
काठमाडाैं- काेराेना संक्रमण (काेभिड-१९ ) का कारण देशमा लकडाउन सुरू भएसंगै ठप्प बनेकाे आन्तरिक र वाह्य हवाइ सेवा मध्ये आन्तरिक तर्फकाे उडान भाेली साेमबारबाट सञ्चालनमा आउने भएका छन् ।

सात महिनापछि खुल्न लागेको आन्तरिक उडानको भाडादर सुरूवाती दरमा खुलेको छ। एयरलाइन्सहरूले सिमित उडान भोलिदेखि खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ। सरकारले तोकिदिएको भाडाको तल्लो आधारबाट एयरलाइन्सहरूले भाडादर लिइरहेका छन्।

एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि तल्लो तहको भाडामा टिकट बिक्री भइरहेको छ।

बुद्ध एयरले नेपालगञ्जका लागि खुलाएको बुकिङमा भोलिका लागि ५५ सय भाडादरमा अहिले टिकट उपलब्ध भइरहेको छ भने यति एयरलाइन्सको ४३ सयमा। नेपालगञ्जको अधिकतम भाडा ११ हजार रुपैयाँसम्म लिने गरिएको छ। यद्यपी यो भाडामा इन्धनको मूल्य तलमाथि हुँदा हेरफेर हुन्छ।

यद्यपी यो भाडादर बेलुका वा भोलिसम्म अझै बढ्नसक्छ। यदि बुकिङ सकिन लाग्यो भने भाडा बढ्दै जान्छ। र खाली हुने सम्भावना बढेर गयो भने अझै सस्तो पनि हुनसक्छ।

सरकारले विभिन्न तहका लागि भाडादर तोकिदिएको हुन्छ। जसमा एयरलाइन्सहरूले माग धेरै हुँदा भाडादर बढाउछन् भने थोरै हुँदा घटाउने गर्छन्।

तर अधिकतमभन्दा बढी लिन भने पाउँदैनन्। कोरोनाका कारण बन्द रहेको उडान खुल्दा एयरलाइन्सहरूले खुलाएको अनलाइन टिकट बुकिङमा अघिल्लो वर्षको चाडपर्वको मुखमा काठमाडौंबाट बाहिरिने उडानको भाडादरको तुलनामा यो वर्ष सस्तो देखिएको हो।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ आश्विन ४, १३: ०५

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ आश्विन ४, १३: ०५

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७७ आश्विन ४, १३: ०५

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...