
नयाँ विकल्प,
काठमाडाैं- काेराेना संक्रमण (काेभिड-१९ ) का कारण देशमा लकडाउन सुरू भएसंगै ठप्प बनेकाे आन्तरिक र वाह्य हवाइ सेवामध्ये आन्तरिक तर्फकाे उडान सेवा आजदेखि खुलेका छन्।
सात महिनापछि खुल्न लागेको आन्तरिक उडानको भाडादर पहिलेकै अवस्थामा रहने गरि सञ्चालन गरिने भएकाे छ ।
एयरलाइन्सहरूले सिमित उडान बाट आन्तरिक उडान खुलाउने निर्णय भएकाे हाे । सरकारले तोकिदिएको भाडाको तल्लो आधारबाट एयरलाइन्सहरूले भाडादर लिइरहेका छन्।
एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि तल्लो तहको भाडामा टिकट बिक्री भइरहेको छ।
बुद्ध एयरले नेपालगञ्जका लागि खुलाएको बुकिङमा भोलिका लागि ५५ सय भाडादरमा अहिले टिकट उपलब्ध भइरहेको छ भने यति एयरलाइन्सको ४३ सयमा। नेपालगञ्जको अधिकतम भाडा ११ हजार रुपैयाँसम्म लिने गरिएको छ। यद्यपी यो भाडामा इन्धनको मूल्य तलमाथि हुँदा हेरफेर हुन्छ।
यद्यपी यो भाडादर बेलुका वा भोलिसम्म अझै बढ्नसक्छ। यदि बुकिङ सकिन लाग्यो भने भाडा बढ्दै जान्छ। र खाली हुने सम्भावना बढेर गयो भने अझै सस्तो पनि हुनसक्छ।
सरकारले विभिन्न तहका लागि भाडादर तोकिदिएको हुन्छ। जसमा एयरलाइन्सहरूले माग धेरै हुँदा भाडादर बढाउछन् भने थोरै हुँदा घटाउने गर्छन्।
तर अधिकतमभन्दा बढी लिन भने पाउँदैनन्। कोरोनाका कारण बन्द रहेको उडान खुल्दा एयरलाइन्सहरूले खुलाएको अनलाइन टिकट बुकिङमा अघिल्लो वर्षको चाडपर्वको मुखमा काठमाडौंबाट बाहिरिने उडानको भाडादरको तुलनामा यो वर्ष सस्तो देखिएको हो।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...