
नयाँ विकल्प,
काठमाडौं – अक्सिजन बिना नै १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ ।
‘हिउँ चितुवा’ उपनामले चिनिएका आङरिता शेर्पाको विश्व विख्यात हिमआरोहीको रुपमा चर्चित छन् । जोरपाटीस्थित निवासमा ७५ वर्षको उमेरमा सोमबार बिहान १० बजे निधन भएको हो ।
सोलुखुम्बु जिल्लाको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ (विसं२०४०) सालदेखि सगरमाथा आरोहण गर्न सुरु गरेका थिए । पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए । जेठा छोराको आरोहणकै क्रममा निधन भएपछि आङरित्ता निरास थिए ।
तीन वर्षअघि नसा सम्वन्धी समस्या देखिएपछि वाँसवारीस्थित न्युरो अस्पतालमा उपचार गराएका शेर्पाका त्यही समयदेखि बिरामी परेर थलिएका थिए । साधारण आर्थिक अवस्था भएका कारण २०७३ चैतमा उपचारका लागि आर्थिक सहयोग जुट्न नसक्दा समस्या भएको बताएका थिए ।
१० पटकसम्म अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र त्यस बेलाको सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...