इङ्ग्ल्यान्ड सेमिफाइनलमा – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

इङ्ग्ल्यान्ड सेमिफाइनलमा


काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लिएको थियो । तर, नर्वेको उक्त अग्रतालाई इङ्ग्ल्यान्डले पहिलो हाफमा नै बराबरी गर्‍यो । पहिल हाफको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुड बेलिङ्घम गोल गरे ।

त्यसछि दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछि गोल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सुरुवातमै जुड बेलिङ्घमले गोल गरेर इङ्ग्ल्यान्डलाई २-१ अग्रता दिलाएका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । र, नतिजा इङ्ग्ल्यान्डको पक्षमा पर्‍यो ।

इङ्ग्ल्यान्डले अब अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

सम्बन्धित समाचार

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
  • २०८३ असार २८, ०६: ४५

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ असार २८, ०६: ४५

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार २८, ०६: ४५

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...