
काठमाडौं : साविक उपविजेता फ्रान्सलाई २-० गोलले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को फाइनलमा स्थान पक्का गरेको छ।
सेमिफाइनलमा बलियो मानिएको फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको दोस्रो उपाधि नजिक पुगेको हो।
अब आइतबार हुने फाइनलमा स्पेनले इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
अमेरिकाको डलासमा भएको खेलमा स्पेनले सुरुदेखि अन्त्यसम्म नियन्त्रण जमायो। फ्रान्सका विश्वविख्यात स्ट्राइकरहरूलाई स्पेनको रक्षापंक्तिले पूर्ण रूपमा रोकेर राख्यो।
स्पेनका लागि मिकेल ओयार्जाबाल र पेड्रो पोरोले गोल गरे।
खेलको पहिलो हाफको फ्रान्सका डिफेन्डर लुकास डिनले स्पेनका युवा खेलाडी लामिन यामललाई डि-बक्सभित्र लडाएपछि स्पेनले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले निकै आत्मविश्वासका साथ गोलमा परिणत गरे।
दोस्रो हाफमा पेड्रो पोरोले डानी ओल्मोसँग सुन्दर ‘वान-टु’ पास खेल्दै नजिकैको पोस्टबाट सानदार गोल गरे र स्पेनको जित पक्का गरे।
यस विश्वकपमा स्पेनको रक्षापंक्ति निकैं मजबुत देखिएको छ। स्पेनले सात खेलमा मात्र एक गोल खाएका छन्। फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले समेत खेलको ८१ औं मिनेटसम्म गोलको एउटा पनि प्रहार गर्न सकेनन्। एम्बाप्पेले स्पेनका गोलकिपर उनाई सिमोनलाई फाउल गरेपछि उनले पहेँलो कार्ड समेत पाएका थिए।
लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने फ्रान्सको सपना यसपालि अधुरै रह्यो। यो हारसँगै फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्प्सको १४ वर्ष लामो कार्यकाल पनि समाप्त भएको छ। फ्रान्सले अब तेस्रो स्थानका लागि शनिबार खेल्नेछ।
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...
काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...