
नयाँ विकल्प,
काठमाडौं – चिकित्शा शिक्षा र स्वास्थ्य सेवाको सुधारको माग गर्दै जुम्लाको खलङ्गामा आमरण अनशन थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले एम्वुलेन्सबाट तानेर ट्रमा सेन्टर पुर्याएको छ ।
आठ दिनसम्म जुम्लामा आमरण अनसन बसेका केसी राज्यले बल प्रयोग गरी दमन गर्ने योजना बनाएको भन्दै नेपालगंज हुँदै मंगलबार काठमाडौं आएका थिए ।

नेपालगन्जबाट बुद्ध एयरको विमानबाट डाक्टर केसी काठमाडौं आएका थिए । विमानस्थलबाट एम्वुलेन्समा शिक्षण अस्पताल महाराजगंज जान खोजेका केसीलाई प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुगेपछि तानेर ओरालेको थियो ।
अहिले ट्रमा सेन्टरमा राखिएका केसीले कहाँ बसेर अनशनलाई निरन्तरता दिने भन्ने टुंगो लागिसकेको छैन ।

जुम्लाबाट सोमबार जहाजबाट नेपालगञ्जको भेरी अस्पतालमा पुर्याएपछि स्वास्थ्य परिक्षण गर्दा डा केसीको शरीरमा चिनीको मात्रा कम भएको र पिसाबमा पनि समस्या देखिएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजमा पूर्वाधार र जनशक्ति राखेर पठनपाठन शुरु गर्न, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न माग गर्दै केसीले आमरण अनसन सुरु गरेका थिए ।

केपी ओली नेतृत्वको सरकारलाई भ्रष्ट र बिचौलियाको मतियार भएको आरोप लगाउँदै केसीले प्रहरीबाट जबर्जस्ती ट्रमा सेन्टरमा झार्दै गर्दा प्रहरी गुण्डागर्दी मुर्दाबाद ! भनेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...