
नयाँ विकल्प
काठमाडाै- पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९हजार ४ सय ५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै १८ सय ९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
अ हिलेसम्म १७ हजार ४१४ जनामा सक्रिय संक्रमण छ । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४३६ जनाले कोरोनाकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै जानकारी दिएको छ ।
अहिलेसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आजको तथ्यांक अनुसार १७ हजार ४१४ जना आइसोलेसनमा छन् भने ७ हजार १०४ जना क्वारेन्टिनमा छन् ।







धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...