बुधबार कोरोना संक्रमित ७ काे मृत्यु, मृतककाे संख्या ४ सय ३६ पुग्याे – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

बुधबार कोरोना संक्रमित ७ काे मृत्यु, मृतककाे संख्या ४ सय ३६ पुग्याे

नयाँ विकल्प

काठमाडाैं – काेराेना संक्रमणबाट देशभर पछिल्लाे २४ घन्टाभित्र थप सात जनाको मृत्यु भएको छ । मृतक मध्ये एक महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, आज बुधबार मृत्यु हुनेमा काठमाडौंका एक महिला तथा एक पुरुष र बर्दिया, ललितपुर, सिरहा र झापाका एक/एक पुरुष छन् । याेसँगै बुधबारसम्म देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ३६ पुगेको छ ।

छिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९हजार ४ सय ५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै १८ सय ९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

अ हिलेसम्म १७ हजार ४१४ जनामा सक्रिय संक्रमण छ । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४३६ जनाले कोरोनाकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै जानकारी दिएको छ ।

अहिलेसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आजको तथ्यांक अनुसार १७ हजार ४१४ जना आइसोलेसनमा छन् भने ७ हजार १०४ जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ आश्विन ७, १७: ०५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ आश्विन ७, १७: ०५

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ आश्विन ७, १७: ०५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...