
नयाँ विकल्प
पाल्पा- अविरल बर्षाका कारण पहिराे जाँदा पाल्पामा एकै घरका ५ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका-२ फोक्सिङ्गकोट बेलौजामा बिहीबार बिहान पहिरोले स्थानीय हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिँदा ५ जनाकाे अवस्था अज्ञात रहेकाे छ ।
बेपत्ता हुनेहरुमा हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनीहरू आशिका गाहा र खुमिसरा गाहा रहेकाे प्रहरीलजेज जनाएकाे छ । पछिल्लाे दिन देखि भैरहेकाे बर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिएको हो । घटनास्थल विकट ठाउँमा छ । अहिले उद्धारटोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएकाे छ ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...