
नयाँ विकल्प
काठमाडाैं- अविरल बर्षाका कारण नारायणीमा पानीको बहाब उच्च बनेकाे छ । नारायणी नदीले देवघाट क्षेत्रमा खतराको तह पार गरिसकेको छ ।
नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देवघाट क्षेत्रमा पानीको सतह ८.३ मिटरमा पुगेको छ। जबकी ७.३ मिटरलाई सतर्कता तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ।
नारायणगढको पुल्चोकस्थित नारायणी नदीको पुलमा पानीको सहत ११.३ मिटर पुगेको छ। ११ मिटरलाई सतर्कताको तह मानिन्छ। यहाँ पानीको सतह खतराको तहतर्फ उन्मुख भइरहेको छ। पानीको सतह निरन्तर बढ्दै गएको विभागले जनाएको छ।
निरन्तर वर्षासँगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ। नारायणी नदीमा पानीको सतह बढ्दा पश्चिम चितवन र नवलपुरका वस्तीहरू जोखिममा पर्ने गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...