
नयाँ विकल्प,
काठमाडाैं – स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनाको शव फेला परेको छ।
स्थानीय माया परियारको घर पहिरोले पुरिँदा १० जना बेपत्ता भएका मध्ये ८ जनाकाे शव फेला परेकाे हाे . एक जनाकाे सकुशल उद्दार गरिएकाे छ । एक जना अझै हराइरहेका छन् । बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए।
तीमध्ये एक जनाको जीवितै उद्धार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको अधिकारीले बताए। मृतककाे सनाखत हुन बाँकी छ
तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको भएकाे हो ।
गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो। स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका शव निकाल्ने काम भैरहेकाे छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...