
नयाँ विकल्प
काठमाडाै- अविरल बर्षाका कारण पहिराे जाँदा अवरूद्द भएकाे नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मुग्लिन – नारायणगढ सडकखण्ड अन्तर्गत चार किलोमा बुधबार राति खसेको कारण साे सडक अवरूद्द भएकाे थियाे ।
पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर-६ स्थित चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले पहिराे हटाएसंगै दुईतर्फी सवारी साधन सञ्चालनमा आएको जानकारी दिए । सोही सडकखण्डको पाँच किलोमा सडकमा भने पहिराेका कारण अवरूद्द भएकाे सडक पन्छाएर एकतर्फी सञ्चालनमा रहेको छ ।
उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उनले जानकारी दिए । केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...