बिहीबार काेरानाका १ हजार ४९७ संक्रमित थपिए, ५० प्रतिशत बढी उपत्यकामै , १७ काे मृत्यु (सूचीसहित) – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

बिहीबार काेरानाका १ हजार ४९७ संक्रमित थपिए, ५० प्रतिशत बढी उपत्यकामै , १७ काे मृत्यु (सूचीसहित)

नयाँ विकल्प
काठमाडाैं – नेपालमा बिहीबार १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा यती धेरै संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ ५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।

हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ। यस अवधिमा कोरोनाबाट ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएको गौतमले बताए । मन्त्रालयका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन्।

मृतक थप १७ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४५३ जनामा कोरोना पुष्टि भएको छ। यस दिन कुल ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ आश्विन ८, १६: ५४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ आश्विन ८, १६: ५४

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ आश्विन ८, १६: ५४

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...