
नयाँ विकल्प
काठमाडाैं- बुटवल- नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा खसेको पहिरोमा बस पुरिंदा बसमा सवार एक जनाको मृत्यु भएको छ । पहिरामा परी १७ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ पूर्वी नवलपरासीको विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।
घाइतेमध्ये पश्चिम रुकुमको आठविसकोट गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द केसीको बिहीबार राति ९ बजे उपचारको क्रममा मृत्यु भएकाे हाे ।नो मेडिकल कलेज चितवनमा मृत्यु भएको हाे । चितवन बाट पश्चिमतर्फ जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार १८ जना घाइते भएका छन् ।
घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ । पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ वर्षीया प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपालिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शिवा पुन गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...
काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...