दार्चुलामा कार्यरत प्रहरी नायव निरीक्षक रावल मृत फेला – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

दार्चुलामा कार्यरत प्रहरी नायव निरीक्षक रावल मृत फेला


नयाँ विकल्प
दार्चुला – शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका- ४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय प्रहरी नायव निरिक्षक (सई) ध्रुव रावल मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेकाे र बिहानपख होटलको बाथरूम बाहिर लडेको अवस्थामा फेला परेका हुन् । विहान पख हाेटकलकाे वाथरूममा अचेत अवस्थामा लडेका रावललाइ जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो।

अस्पताल पुग्ने वितिक्कै डाक्टहरूले मृत घोषणा गरेकाे थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनको नाक र मुखबाट रगत बगेको छ । मृतक रावल प्रेसरका बिरामीसमेत रहेकाे प्रहरीले जनाएकाे छ । मृतक रावलकाे पाेष्टमार्टमकालागि जिल्ला अस्पताल लगिएकाे छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन ९, १२: २७

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन ९, १२: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन ९, १२: २७

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...