डाक्टर केसीकाे जीवन रक्षा गर्न मानवअधिकार आयोगकाे आग्रह – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

डाक्टर केसीकाे जीवन रक्षा गर्न मानवअधिकार आयोगकाे आग्रह

नयाँ विकल्प,

काठमाडौं – चिकित्सा सेवा र चिकित्सा शिक्षा सुधारको लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राख्दै आमरण अनसन बसेका डाक्टर गोविन्द केसीका जीवन बचाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग आग्रह गरेको छ ।

गत भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा आमरण अनसन बसेका केसीले सरकारकै कारण सुरक्षा चुनौति देखिएको भन्दै काठमाडौं आएका केसीको स्वास्थ्य बिग्रिएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय बागमतीले अनसनस्थल जुम्लादेखि निरन्तर केसीको अवस्था अनुगमन गरिरहेको भन्दै आयोगले केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका हुन् ।

जुम्लामा अनसन बसेको आठौं दिन नेपालगञ्ज र नबौं दिन काठमाडौंको ट्रमा सेन्टरमा आमरण अनसन बसेका केसी हाल शिक्षण अस्पताल महाराजगञ्जमा छन् । केसीको शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको आयोगले जनाएको छ ।

‘पटक पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको छ’, आयोगले भनेको छ, ‘केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघ लगायतका संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेकोप्रति पनि आयोगको ध्यानाकर्षण भएको छ । ’

चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारलाई आग्रह गर्दै आयोगले सरकारलाई केसीसँग विगतमा गरेका झौताहरूप्रति गम्भीर हुँदै उनको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न भनेको छ ।

केसीसँग गरेका सम्झौताको कार्यान्वयनको स्थिति समेत सार्वजनिक गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको आयोगले आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटील विकल्प नरोज्न केसीलाई आग्रह गरेको छ ।

छ । ’

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ आश्विन ९, १४: २६

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ आश्विन ९, १४: २६

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ आश्विन ९, १४: २६

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...