कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ ।

भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुलाई त्यहाँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत सिधै चोभार ल्याउन सकिने व्यवस्था गरेको हो । विभागले सामान ढुवानी गर्ने सवारीसाधनका लागि सडक मार्गसमेत निर्धारण गरेको छ ।

विभागका अनुसार भन्सार नियमावलीमा तोकिएका सर्त, प्रक्रिया तथा अन्य व्यवस्था पालना गर्ने गरी आन्तरिक परिवहनको सुविधा दिइएको हो । यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू हुनेछ ।

यससँगै कोरला नाकाबाट भित्रिएका सामान मुस्ताङ भन्सार कार्यालयमै जाँचपास गर्नुपर्ने बाध्यता हटेको छ। निर्धारित प्रक्रिया पूरा गरेर सामान चोभार सुक्खा बन्दरगाहसम्म ल्याई जाँचपास गर्न सकिनेछ ।

विभागले मालवाहक सवारीसाधनका लागि कोरला नाकादेखि चोभारसम्मको मुख्य सडक मार्ग तय गरेको छ ।

कोरलाबाट प्रवेश गरेका मालवाहक सवारी नेचुङ-छुसाङ-कागबेनी-जोमसोम-बेनी-कुस्मा-पोखरा-दमौली-मुग्लिङ-कुरिनटार-नौबिसे-कलंकी हुँदै चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्नुपर्नेछ ।

मुख्य रुटमा समस्या आएमा मालवाहक सवारीले वैकल्पिक मार्ग प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्ता सवारी मुग्लिङ-नारायणघाट-हेटौँडा-भैंसे-नौबिसे- कलंकी-चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न सक्नेछन् ।

गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि भने तत्काललाई हेटौँडातर्फको रुट निर्धारण गरिएको छ ।

प्रलयकारी बाढीले रसुवागढी नाका तहसनहस बनाएपछि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ । कोरलाबाट हुने आयातलाई सहजीकरण गर्न विभागले आन्तरिक परिवहन र चोभारमा जाँचपासको व्यवस्था मिलाएको हो ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र १९, १६: ०३

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र १९, १६: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०८३ भाद्र १९, १६: ०३

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...