भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जना कर्मचारीको सफल उद्धार गरिएको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आयोजनाका प्राविधिकसहितको संयुक्त टोली परिचालन गरिएको छ।

सुरुङभित्र रहेका अन्य व्यक्तिको अवस्था पत्ता लगाउन तथा सकुशल उद्धार गर्न संयुक्त टोलीले निरन्तर प्रयास गरिरहेको छ।

यसैबीच, बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत् संरचनाको मर्मतसम्भारको काम पनि तीव्र पारिएको छ।

मानवीय जीवनको रक्षा तथा प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा यथाशीघ्र सुचारु गर्न मन्त्रालयले उपलब्ध सम्पूर्ण संयन्त्र परिचालन गरी सम्बन्धित निकायबीच निरन्तर समन्वय गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला
माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला
  • २०८३ भाद्र २०, ०७: २८

काठमाडौं : बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ । स्वतन्त्र...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ भाद्र २०, ०७: २८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०८३ भाद्र २०, ०७: २८

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...