भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जना कर्मचारीको सफल उद्धार गरिएको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आयोजनाका प्राविधिकसहितको संयुक्त टोली परिचालन गरिएको छ।

सुरुङभित्र रहेका अन्य व्यक्तिको अवस्था पत्ता लगाउन तथा सकुशल उद्धार गर्न संयुक्त टोलीले निरन्तर प्रयास गरिरहेको छ।

यसैबीच, बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत् संरचनाको मर्मतसम्भारको काम पनि तीव्र पारिएको छ।

मानवीय जीवनको रक्षा तथा प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा यथाशीघ्र सुचारु गर्न मन्त्रालयले उपलब्ध सम्पूर्ण संयन्त्र परिचालन गरी सम्बन्धित निकायबीच निरन्तर समन्वय गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २०, ०७: २८

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २०, ०७: २८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २०, ०७: २८

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...