माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला


काठमाडौं : बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार शुक्रबार दिनभर गरिएको खोजीका क्रममा ती शव फेला परेका हुन् ।

सल्लेटार क्षेत्रमा फेला परेका शवलाई नेपाली सेनाले बट्टार ल्याएको जनाइएको छ । शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले उनीहरूको पहिचान खुल्न बाँकी छ ।

बाढीपछि आयोजनाको सुरुङमा करिब ३०० जना फसेको आशंका गरिएको छ । हराइरहेकाहरूको खोजीका लागि शुक्रबार हेडवर्क्स र सुरुङ क्षेत्रमा दिनभर उद्धार टोली परिचालन गरिएको थियो ।

उद्धार कार्यमा कोरियाली, शेर्पा, सर्च तथा ड्रोन टोली सक्रिय छन् । विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ । आयोजनाले उद्धारका लागि १५ वटा विभिन्न मेसिन तथा उपकरण आयोजनास्थलमा पुर्‍याएको जनाएको छ ।

सुरुङभित्र जमेको पानी निकाल्न शुक्रबार वाटर पम्प सञ्चालनमा राखिएको थियो । आवश्यक थप उपकरण र मेसिन प्रयोग गरी शनिबार पनि खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र
  • २०८३ भाद्र २०, ०७: १४

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ भाद्र २०, ०७: १४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०८३ भाद्र २०, ०७: १४

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...