माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

माथिल्लो त्रिशूली–१ आयोजनामा ६ शव फेला


काठमाडौं : बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार शुक्रबार दिनभर गरिएको खोजीका क्रममा ती शव फेला परेका हुन् ।

सल्लेटार क्षेत्रमा फेला परेका शवलाई नेपाली सेनाले बट्टार ल्याएको जनाइएको छ । शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले उनीहरूको पहिचान खुल्न बाँकी छ ।

बाढीपछि आयोजनाको सुरुङमा करिब ३०० जना फसेको आशंका गरिएको छ । हराइरहेकाहरूको खोजीका लागि शुक्रबार हेडवर्क्स र सुरुङ क्षेत्रमा दिनभर उद्धार टोली परिचालन गरिएको थियो ।

उद्धार कार्यमा कोरियाली, शेर्पा, सर्च तथा ड्रोन टोली सक्रिय छन् । विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ । आयोजनाले उद्धारका लागि १५ वटा विभिन्न मेसिन तथा उपकरण आयोजनास्थलमा पुर्‍याएको जनाएको छ ।

सुरुङभित्र जमेको पानी निकाल्न शुक्रबार वाटर पम्प सञ्चालनमा राखिएको थियो । आवश्यक थप उपकरण र मेसिन प्रयोग गरी शनिबार पनि खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २०, ०७: १४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २०, ०७: १४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २०, ०७: १४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...