
काठमाडौं । सरकारले निर्णय गरे अनुसार आज भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाइदैछ । मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी तथा गैरसरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा–भोटेकोसी बाढीमा हालसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ । फेला परेका शवमध्ये ५३० पुरुष र ३२८ महिला छन् भने ४९५ शवको अझै पहिचान हुन सकेको छैन ।
आइतबार सार्वजनिक गरिएको विवरणअनुसार मृतकमध्ये ९८ जनाको सनाखत भएको छ ।
बाढीमा ४ हजार ८९६ जना अझै बेपत्ता छन् । सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...
काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...