आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ।

दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार खाने चलन छ। शास्त्रीय विधानअनुसार दर दुई भाग रात हुनुअघि नै खाइसक्नुपर्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्।

तीजलाई धार्मिक पर्वका रूपमा मात्र नभई महिलाले वर्षभरि भोगेका दुःख, पीडा र मर्का अभिव्यक्त गर्ने अवसरका रूपमा समेत लिने गरेका छन्। तीजका गीतमार्फत महिलाहरूले जन्मघरबाट कर्मघरमा पुगेपछि भोगेका सामाजिक तथा पारिवारिक पीडा सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ।

दर खाएपछि सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत तथा पूजा गरिन्छ भने चौथीका दिन गणेश भगवान्को पूजा गरिन्छ। पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ।

यस वर्ष भदौ ३० गते मंगलबार गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि परेको दिन मनाउने शास्त्रीय परम्परा छ भने ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेका दिन मनाउनुपर्ने विधान रहेको छ।

धर्मशास्त्रीय मान्यताअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पति रूपमा प्राप्त गर्ने वरदान पाएकी थिइन्। तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग समस्या सुनाएकी थिइन्।

पार्वतीको समस्या बुझेपछि उनका साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र त्यहीँ पार्वतीले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको पुराणमा उल्लेख छ।

पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही समयदेखि हरितालिका (तीज) व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ।

 

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २८, ०८: ५४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २८, ०८: ५४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २८, ०८: ५४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...