रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित परिवारलाई तत्काल राहत रकम उपलब्ध गराइने भएको छ।

मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार बाढीबाट प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

सरकारका अनुसार चार जनासम्म सदस्य भएका परिवारले मासिक १५ हजार रुपैयाँ राहत पाउनेछन्। चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई भने थप प्रत्येक सदस्यबापत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ।

बाढीका कारण पूर्ण रूपमा क्षति भई बसोबास गर्न अयोग्य भएका निजी आवासका परिवारमध्ये होल्डिङ सेन्टरमा नबसी आफ्नै व्यवस्थामा अस्थायी बसोबास गर्न चाहने परिवारले मात्र यो राहत पाउनेछन्।

वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा छ महिनासम्म राहत रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २८, ०९: ०४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २८, ०९: ०४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २८, ०९: ०४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...