अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने – Naya Bikalpa
September 18, 2026, Friday      Epaper

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।

अर्थमन्त्री वाग्ले ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

शुक्रबार नै भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सोही दिन भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि शनिबार दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

तीनदिने भारत भ्रमण सम्पन्न गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान
कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधु आचार्यको मेलमिलाप आह्वान
  • २०८३ आश्विन १, ०७: २१

काडमाडौं : “तपाईंहरुको आफ्नै घरमा तपाईहरुलाई हार्दिक स्वागत छ । ईर्ष्या, अपमान, घृणा छोडौं; एकता र मेलमिलापले बाँकी सबैलाई जोडौं...

माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
  • २०८३ आश्विन १, ०७: २१

काठमाडौं : रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा टनेलभित्रबाट...

सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
  • २०८३ आश्विन १, ०७: २१

बझाङ : जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ...