आज संविधान दिवस, देशभर विविध कार्यक्रम हुँदै – Naya Bikalpa
September 19, 2026, Saturday      Epaper

आज संविधान दिवस, देशभर विविध कार्यक्रम हुँदै

काठमाडौं । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

संविधान दिवसका अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित नेपाली कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन्।

तत्कालीन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। संविधान जारी भई कार्यान्वयनमा आएको आज ११ वर्ष पूरा भएको छ।

नयाँ संविधान लागू भएसँगै नेपालको अन्तरिम संविधान, २०६३ खारेज भएको थियो। संविधान जारी हुँदा संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए।

संविधानले सङ्घीयता, धर्मनिरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका व्यवस्था संस्थागत गरेको छ। संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका ५३७ जना सभासद्ले संविधानमा हस्ताक्षर गरेका थिए।

‘नेपालको संविधान, २०७२’ मा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन्।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
  • २०८३ आश्विन ३, ०७: ०२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार...

भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै
भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै
  • २०८३ आश्विन ३, ०७: ०२

काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन ३, ०७: ०२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...