

नयाँ विकल्प,
काठमाडौँ – देशको राजधानी काठमाडौंमा कोरोना संक्रमितको सख्या दिन प्रतिदिन बढ्न थालेको छ । सोमबार मात्र राजधानीका तीन जिल्लामा आठ सय १७ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं जिल्लामा मात्र ६ सय ४९ जना संक्रमित थपिएका छन् । काठमाडौँमा २ सय ३५ महिला र ४ सय १४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुर जिल्लामा १६ महिला र २० पुरुषसहित ३६ जना, र ललितपुरमा ५० महिला र ८२ पुरुषसहित १ सय ३२ जनामा कोरोना पुष्टि भएको छ ।
उपत्यकासहित नेपालमा सोमबार थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।
यसैगरी सोमबार एकैदिन ७ सय ४२ जनाले कोरोना जितेर डिष्टचार्ज भउका छन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको सख्या ५४ हजार ६ सय ४० पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको छ भने सोमबार पछिल्लो २४ भण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित र कतिको निधन भयो ? हेर्नुस विवरण –







काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...