दाेब्बर भाडा लिएका यातायात ब्यावसायीले उपत्यकामै यात्रु काेच्न थाले – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper
संक्रमण नियन्त्रणमा सरकारी नीतिः कागजमा नियम, घरघरमा संक्रमण !

दाेब्बर भाडा लिएका यातायात ब्यावसायीले उपत्यकामै यात्रु काेच्न थाले


नयाँ विकल्प


काठमाडाैं – स्थानीय प्रशासनले गत भदाैं १ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएकाे थियाे ।

काेराेना संक्रमण फैलिरहेका बेला सार्वजनिक यातायात चलाउँदा ब्यावसायीले ५० प्रतिशत भाडा बढि लिने र क्षमताभन्दा आधा मात्र यात्रु बाेक्ने सहमति भएकाे थियाे ।

याे सम्झाैंता भएकाे एक महिनापछि लगभग दाेब्बर भाडा लिएका यातायत ब्यावसायीले दाेब्बर भाडासंगै क्षमता भन्दा बढी यात्रु ओसार्न थालेका छन् । तर नियामक निकाय भने माैन रहेकाे छ । यसले संक्रमण झन फैलिने भन्दै चिन्ता ब्यक्त भैरहेकाे छ ।

उपत्यकामा काेराेना संक्रमणकाे दर उच्च गतिमा फैलिरहेकाे छ । देशभर दैनिक थपिने संक्रमित मध्ये उपत्यकामा मात्र ५० प्रतिसत बढी छन् । संक्रमण फैलिनुकाे मुख्य कारण भिडभाड नै हाे ।

मंगलबार स्थलगत रिपाेर्टिङका क्रममा याे नियम लागू भएकाे देखिएन । रत्नपार्कबाट बुढानिलकण्ठ चल्ने माइक्राे बसले क्षमता भन्दा दाेब्बर यात्रु ओसार्दा नजिकै बसेका ट्राफिक देखेकाे नदेखे जस्तै गरिरहेका थिए ।

माइक्राेबस सञ्चालक यात्रु तान्न ब्यस्त थिए । स्वयम् यात्रु पनि संक्रमणकाे प्रवाह नगरी यात्रा गर्न हतार देखिन्थे । रत्नपार्कबाट प्रहरी मुख्यालय नक्शाल हुँदै विशालनगर, कपन जाने माइक्राेबसमा समेत दाेब्बर क्षमतामा यात्रु ओसार्दा ट्राफिक प्रहरीकाे आँखा पुग्न सकेकाे छैन्।

काेराेना संक्रमण फैलिने क्रम तिव्र भैरहेका वेला उपत्यकमा भइरहेकाे याे किसिमकाे लापरवाहीले काेराेना संक्रमण महामारीकै रूपमा फैलिन सक्ने खतरा देिखिएकाे छ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले फिल्डमा खटिएकाे ट्राफिक प्रहरीकाे आँखा छलेर क्षमताभन्दा बढी यात्रु ओसार्ने विरूद्द कारवाहि भइरहेकाे दावी गरे ।

ढकालले ट्राफिक प्रहरीकाे आँखा छलेर ताेकिएकाे भन्दा बन्दा बढी र क्षमता भन्दा बढी यात्रु ओसार्ने र स्वास्थ्य मापडण्ड पुरा नगर्ने विरूद्द कडा कारवाहि गरिने बताए ।


सार्वजनिक यातायात सञ्चालन गर्नु पुर्व बनेकाे मापडण्ड यस्ताे थियाे

स्थानिय प्रशासन र यातायात ब्यावसायी विच यस्ताे सम्झाैंता भएकाे थियाे

प्रत्येक खेपपछि सवारी साधन अनिवार्य रूपमा निर्मलीकरण गर्ने व्यवस्था मिलाउने, यात्रुले एकपटक प्रयोग गरेपछि सिटको सरसफाइ गराउनु पर्ने नियम बनेकाे थियाे ।

यात्रु-यात्रु बिचको सामाजिक दूरी कायम गर्नका लागि गाडीमा अधिकतम यात्रु सङ्ख्या निर्धारण गर्ने र तोकिएको सिटमा मात्र यात्रुलाई यात्रा गर्न व्यवस्था गर्ने, हरेक खेपका बेलामा कम्तीमा दुईपटक गाडीका कर्मचारीको शरीरको तापक्रम मापन गराउने, यात्रुलाई चढाउँदा दुवै हातमा स्यानीटाइजर लगाइदिने प्रतिवद्दता ब्यावसायीले गरेका थिए ।

भाडा भुक्तानीका निम्ति सकेसम्म डिजीटल प्रणाली लागु गराउने तथा प्रत्यक्ष नगद कारोबार कम गर्ने, गाडीभित्र हावाको सहज बहाव कायम गर्नका लागि भेन्टिलेशनको व्यवस्था गर्ने वा सबै झ्यालहरू खुल्ला राख्ने, चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइबोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो किसिमको प्लास्टिक शिटद्वारा छुट्ट्याउने, मध्यम तथा लामो दूरीको यात्रु सूची बनाइ एक प्रति आफुसँग र अर्को प्रति स्थानीय प्रशासनमा अनिवार्य बुझाउने भन्ने थियाे ।

कुन नियम कसरी पालना गराउने? पालनाको अनुगमन यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्ने/गराउने, विश्रामस्थल वा खाना खाने स्थान तोक्ने र अनुगमन गर्ने जिम्मा सबै सम्मिलित अनुगमन समितिले गर्ने, यातायात वा ट्राफिक व्यवस्थापनमा खटिएकाहरूले मास्कको अनिवार्य प्रयोग गर्ने उल्लेख गरिएकाे थियाे ।

अति आवश्यक अवस्था बाहेक सवारी साधन भित्र प्रवेश नगर्ने, सवारी चालकलाई निर्देशन दिँदा सकभर ईशारा वा सङ्केतको प्रयोग गर्ने। गाडी वा चालकसँग सम्बन्धित कागजातको चेकजाँच गर्न आवश्यक भएमा नछोईकन निरीक्षण गर्ने, कोभिड-१९ को लक्षण देखिएका यातायात सेवामा कार्यरत सवारी चालक तथा सह-चालकहरूको पीसीआर परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको सरकारी प्रयोगशालाबाट नि:शुल्क गरिने भन्ने सहमति बनेकाे थियाे ।

अहिले महामारी नथामिएकै भएपनि असोज १ गतेदेखि सरकारले सुरु गराउन लागेको हो। गाडीको सिट क्षमताको आधा मात्रै यात्रु राख्न र पहिलेको भाडादरमा ५० प्रतिशत बढाएर लिन पाउने गरी सहमती जुटेपछि लामो दूरीका गाडी चल्ने भएका हुन। तर याे नियम पछिल्लाे समय काजगमा मात्र सिमित रहेकाे छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ आश्विन १३, ११: ५२

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ आश्विन १३, ११: ५२

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ आश्विन १३, ११: ५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...