कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौं : नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो ।

प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ ।

जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।

त्यस्तै महामन्त्री ३ जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्दूीय सदस्य मध्येबाट एक जना हुनेछन् ।

प्रवक्ता  एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् ।

केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन् । महिला खुलामा १५  जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन् ।

साथै उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ । त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन् ।

जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन् भने खस आर्यबार्ट ८ महिलासहित १८ जना  हुनेछन् ।

मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् । त्यस्तै जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन् । पिछडिएको बर्गबाट ३ जना हुनेछन् ।

थारूबाट २ महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन् ।

साथै सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहने छन् । त्यस्तै अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनित गर्नेछ ।

सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रलेमात्र पारित गर्नेछ ।

मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान भने सोमबारै पारित गरिएको हो ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
कांग्रेस महाधिवेशन अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको फराकिलो अग्रता
  • २०८३ आश्विन १९, १९: १२

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो सार्वजनिक विवरणअनुसार अत्यधिक चासोका साथ...

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
  • २०८३ आश्विन १९, १९: १२

काठमाडौँ — नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज (सोमबार) नवदुर्गा भवानीको दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना...

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८३ आश्विन १९, १९: १२

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...