६ जना जिल्ला सभापतिको समर्थक प्रस्तावमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे निवर्तमान मुख्यमन्त्री बानियाँले – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

६ जना जिल्ला सभापतिको समर्थक प्रस्तावमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे निवर्तमान मुख्यमन्त्री बानियाँले

काठमाडौं : बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत बानियाँले राष्ट्रिय सभागृह पुगेर खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बानियाँले ६ जना जिल्ला सभापतिको समर्थक प्रस्तावमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा रामचन्द्र यादव, राजेश्वर खनाल र बर्मा लामा रहेका छन् भने समर्थकमा रमेशकुमार महत, प्रभातकुमार दाहाल र कृष्णकुमार तामाङ रहेका छन् ।

सम्बन्धित समाचार

एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत
एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत
  • २०८३ आश्विन २०, १७: ०४

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको प्रथम बैठकले १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्नेदेखि वडा तथा पालिका...

कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
  • २०८३ आश्विन २०, १७: ०४

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ । सानेपास्थित पार्टीको केन्द्रीय...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन २०, १७: ०४

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...